समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

बसोबास तथा जीविकोपार्जन अनुदान रकम वितरण सम्बन्धी अति जरुरी सार्वजनिक सूचना

भोटेकोशी नदीको बाढीबाट प्रभावित घरधुरी/परिवारहरूले RMIS प्रणालीमा विवरण प्रविष्टि गराउने सम्बन्धमा (प्रकाशित मिति: २०८३/०७/१९)

उत्तरगया गाउँपालिका क्षेत्रभित्र हालै आएको भोटेकोशी नदीको विनाशकारी बाढीका कारण घरवारविहीन भई हाल अन्यत्र घरभाडामा बसिरहनुभएका प्रभावित परिवारहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) द्वारा जारी "भोटेकोशी बाढी प्रभावितको लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया-२०८३" बमोजिम बसोबास र जीविकोपार्जन बापतको अनुदान रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

आगामी मंसिर महिनाको पहिलो हप्तादेखि उक्त अनुदान रकम लाभग्राहीहरूको बैंक खातामा वितरण गर्ने प्रयोजनार्थ, बाढीबाट घर पूर्ण रूपमा नष्ट भई वा घरवारविहीन भई अन्यत्र भाडामा बस्दै आउनुभएका सम्पूर्ण प्रभावित घरधुरी/परिवारहरूले आफ्नो नजिकको वडा कार्यालयमा सम्पर्क राखी कार्यविधि बमोजिम RMIS (Relief Management Information System) प्रणालीमा अनिवार्य रूपमा फारम भर्नुपर्ने छ।

तोकिएको म्यादभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गरी RMIS प्रणालीमा विवरण प्रविष्टि नगराएमा अनुदान रकम पाउनबाट वञ्चित हुन सक्ने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

आवश्यक पर्ने कागजातहरू

१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
२. लाभग्राहीको नाममा बैंकमा रहेको खाताको विवरण (चेकको प्रतिलिपि)।