समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

बाढीमा बेपत्ता भएका व्यक्तिहरूको छुट तथा दोहोरो नामावली दावी-विरोध गर्ने सूचना।

भोटेकोशी बाढी तथा विपद्‌का कारण बेपत्ता भएकाहरूको प्रारम्भिक सूची गाउँ विपद् व्यवस्थापन समितिको निर्णय (२०८३।०७।१८) अनुसार तयार गरिएको छ।

कुनै प्रभावित परिवार वा व्यक्तिको नाम छुट भएमा वा दोहोरो परेमा, सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र (२०८३।०७।२० गतेसम्म) प्रमाणसहित गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा दावी वा विरोध दर्ता गराउनुपर्ने। प्राप्त दावी-विरोधको छानबिनपछि अन्तिम सूची प्रकाशन गरिनेछ।

संलग्न सूची: २०८३ भाद्र १० गतेको भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको वडागत विवरण (वडा नं. १ देखि ५), जसमा नाम, लिङ्ग, उमेर, बेपत्ता स्थान र घरमूलीको नाम उल्लेख छ। वडा १ मा कुल बेपत्ता तथा मृतक ३५७ (महिला १५४, पुरुष २०३) देखिन्छ। वडा २ मा ७०, वडा ३ मा ३१, वडा ४ मा ७८ र वडा ५ मा १०० जना उल्लेख छन्।